HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dashain in history: विसं २००० तिर दशैँ कस्तो हुन्थ्यो - BBC News Nepali

BBC News Nepali · 2 years ago

झन्डै आठ दशकदेखि दशैँ मनाउँदै आएका पाका व्यक्तिहरूले आफूहरूले मनाएका दशैँसम्बन्धी रमाइलो अनुभव सुनाएका छन्। दशैँमा मात्रै पेटभरि मासु खानेदेखि जुवा खेल्न ढ्याङ्ग्रो ठोकेर जानकारी गराउने चलन आफ्नो स्मृतिमा ताजै रहेको उनीहरूले बताए। अहिले ९६ वर्ष भएका वरिष्ठ पत्रकार भैरव रिसालसँग काठमाण्डू उपत्यकाको काँठ क्षेत्रको दशैँको अनुभव छ। त्यसै गरी ९८ वर्षे इतिहासकार पुरुषोत्तम शमशेर जबरासँग राणा परिवारको र वरिष्ठ चिकित्सक गौरीशङ्कर लाल दाससँग मधेसको दशैँको अनुभव छ। भिडिओ: कमल परियार र अशोक दाहाल #BBCNepali #Dashain #History