Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
डेङ्गी: एक पटक डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक लाग्छ कि लाग्दैन?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपालका विभिन्न स्थानमा डेङ्गीको प्रकोप फैलिएको छ। अहिले काठमाण्डू उपत्यकासहित अधिकांश जिल्लामा डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। डेङ्गी लागेका बिरामीलाई कामज्वरो आउने, आँखा दुख्ने, शरीर गल्ने र पखाला लाग्ने लक्षण देखिएका छन्। यो रोग नेपालमा पहिलोपटक विसं २०६१ मा चितवनमा देखा परेको सरकारी अभिलेख छ। यो वर्ष १६,५८७ लाई डेङ्गी भइसकेको र २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। एक पटक डेङ्गी लागेको व्यक्तिलाई अर्को पटक लाग्छ कि लाग्दैन र लाग्यो भने के हुन्छ? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Dengue #Health