Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
डिकी ल्यामु लामा: चिया पसलदेखि सगरमाथाको शिखरसम्म - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
गोरखा जिल्लाकी २३ वर्षीया डिकी ल्यामु लामाले थोरै पैसा कमाउन सन् २०१९ मा मनास्लु बेस क्याम्पभन्दा मुनि चिया पसल थापेकी थिइन्। आरोहीहरूलाई चिया र खाजा बेच्दै गर्दा उनलाई पनि हिमाल चढ्ने रहर जाग्यो। उनी सन् २०२१ मा मनास्लु चढिन् र यस पटक सर्वोच्च शिखर सगरमाथामै पुगिन्। "मलाई पढ्न लेख्न आउँदैन...। एघार वर्षकी हुँदा मेरो बुबा बित्नुभयो," उनी भन्छिन्। "म केही नबुझ्ने मान्छे तर मैले ठूलो सपना लिएकी थिएँ, आज सफल भएँ। सगरमाथाको चुचुरोमा पुग्दा एक छिन त म रोएँ पनि।" भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Everest #Climber