Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Chitra Bahadur KC: श्रीमतीलाई बिर्सने रोग अल्जाइमर्स भएपछि रेखदेखमा जुटेका चित्रबहादुर
BBC News Nepali · 2 years ago
उमेरले ८३ वर्ष टेकेका राजनीतिकर्मी चित्रबहादुर केसी आफ्नी ७७ बर्षीया श्रीमती पार्वतीलाई अल्जाइमर्स अर्थात् एक प्रकारको बिर्सने रोगले च्यापेपछि केही महिना यता उनकै स्याहारसुसारमा व्यस्त रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा बाग्लुङबाट सङ्घीय संसद्मा निर्वाचित सांसदसमेत रहेका केसी कपनस्थित पार्टी कार्यालयमै रहेका कोठामा श्रीमतीको रेखदेख गरिरहेका छन्। श्रीमती घरबाहिर एक्लै निस्केपछि फर्कन नसक्ने अवस्थामा पुगेपछि उनको दैनिकी फेरिएको हो। उनी भन्छन्, जीवनभर श्रीमतीले मलाई बिना शर्त साथ दिइन् अब मैले पैँचो तिर्ने पालो आएको छ। भिडिओ स्टोरी: कमल परियार #ChitraBahadurKC #Alzheimer