HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

China human rights: चीनले 'विरोधीलाई चुप लगाउन मानसिक अस्पतालमा थुन्ने गरेको' आरोप - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

सरकारी निकायहरूको विरोध गर्ने मानिसहरूलाई चीनका अधिकारीहरूले 'जबरजस्ती नियन्त्रणमा लिई मानसिक अस्पतालमा भर्ना गरिदिने गरेको' बीबीसी आई इन्भेस्टिगेशनले पत्ता लगाएको छ। चीनका सञ्चारमाध्यमले 'मानसिक रोगी बनाइने' भन्ने गरेको यस्तो प्रवृत्तिलाई एक दशकअघि एक कानुन बनाएर गैरकानुनी घोषित गरिए पनि त्यो अझै कायम रहेको बीबीसीले पत्ता लगाएको छ। त्यसरी पीडित बनाइएको भनिएका केही व्यक्ति र उनीहरूको अधिकारका लागि कार्यरत एक वकिलसँग कुरा गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #China #HumanRights