Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बाँदरलाई घृणा गर्नेहरू- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
बीबीसीले गरेको एक वर्ष लामो अनुसन्धानले बाँदरलाई यातना दिने सञ्जाल इन्डोनेशियादेखि अमेरिकासम्म रहेको देखाएको छ। यस्ता यातना समूह यूट्यूब हुँदै इन्क्रिप्टेड म्यासेजिङ एप टेलिग्राममा रहेका निजी समूहसम्म पुगेका छन्। बीबीसीले अमेरिका, यूके र अन्य मुलुकमा सयौँ उपभोक्ताले इन्डोनेशियालीहरूलाई लामो पुच्छर भएको मकाकी बाँदरलाई यातना दिन र मार्नका लागि पैसा तिर्ने गरेको पायो किनभने उनीहरूले त्यस्ता बीभत्स भिडिओ हेर्ने गरेका छन्। गोप्यरूपमा गरिएको अनुसन्धान क्रममा बीबीसी आइ इन्डोनेशियामा यातना दिने व्यक्तिहरूसम्म तथा अमेरिकामा रहेका वितरक र क्रेतासम्म पुगेको छ र उनीहरूलाई कानुनको दायरामा ल्याउने कोसिस अनुरूप अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन निकायसम्म पहुँच पाएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #MonkeyHaters #AnimalAbuse