Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Body builder Rajani Shrestha :‘मस्कुलर बडी’ सुहाएन भन्छन्
BBC News Nepali · 2 years ago
“हैन छोरा बहुलायो कि क्या हो बुहारीलाई स्टेजमा ‘बिकिनी’मा लगिरहेको छस् , तँ बहुलाइस् कि के हो चाहिँ भन्नुभयो। झपार्नुभयो।”काठमाण्डूमा हालसालै सम्पन्न ५५ औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी ४१ वर्षीया रजनी श्रेष्ठले बताइन्। सन् २०१६ देखि शारीरिक सुगठनमा लागेकी रजनीले सन् २०१७ मा पहिलो पदक जितेकी हुन्। उनलेधेरै भोग्नुपरेको कुरा चाहिँ केटी मान्छेलाई केटाको जस्तो शरीर सुहाएन केटी भनेको नरम हुनुपर्छ लचक हुनुपर्छ भन्ने धेरै भएको बताइन्। “श्रीमान्ले त अब बुझ्नु हुन्छ यो फिटनेस क्षेत्रमा ‘मस्कुलर बडी’ चाहिन्छ भनेर र पनि उहाँले जिस्काउनु हुन्थ्यो घरी घरी पाखुरामा पिलो हो कि क्या हो भनेर छाम्नु हुन्थ्यो सुरु सुरुमा,” उनले हाँस्दै भनिन्। यो खेलमा उनी कसरी लागिन्, कस्ता कस्ता चुनौती पार गरिन् र घर गृहस्थी कसरी सँगसँगै लगिन्? भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #RajaniShrestha #Bodybuilding