Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bitcoin: ४.५ अर्ब डलरको बिटकोइन चोरी मुद्दामा यी र्यापर र उनका पतिलाई जेल हुने
BBC News Nepali · 2 years ago
संयुक्त राज्य अमेरिकामा सात वर्षअघि चोरी भएको बिटकोइन साटेर सम्पत्ति शुद्धीकरण गर्न खोज्ने एक दम्पतीलाई अदालतले दोषी ठहर गरेको छ। सात वर्षअघि इल्या लिचन्स्टाइनले ह्याक गरेर बिटफिनेक्स क्रिप्टो एक्स्चेन्जबाट ठूलो मात्रामा बिटकोइन चोरेका थिए। उक्त बिटकोइनको मूल्य अहिले ४.५ अर्ब डलर पुगेको छ। लिचन्स्टाइन र उनकी पत्नी हेदर मोर्गनले त्यसको एक वर्षपछि विभिन्न तरिकाले थोरैथोरै परिमाणमा बिटकोइन साट्ने प्रयास थाले। क्रिप्टोकरेन्सी कारोबारको बाटो पछ्याउँदै जाँदा उनीहरू गत वर्ष न्यूयोर्कबाट पक्राउ परेका थिए। अभियोजनकर्ताहरूका अनुसार मोर्गन र लिचन्स्टाइन अमेरिकाबाट भागेर रुस जाने योजनामा थिए। इल्या रुसमा जन्मिएका हुन्। उनीहरूले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Bitcoin #CyberCrime