Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bipin Joshi in Israel: आमा भन्छिन्, ‘विपिन कुन बाटो आउँछ हेरिरहेकी छु’ - BBC News Nepali
BBC News Nepali · 2 years ago
अक्टोबर ७मा इजरेलमा भएको हमासको आक्रमणपछि कञ्चनपुरका विपिन जोशी हराइरहेका छन्। त्यस आक्रमणमा परेर अन्य १० जना नेपालीको मृत्यु भएको थियो। त्यो आक्रमण भएकै दिन दिउँसो छोरासँग कुरा भएपछि सम्पर्क हुन नसकेको आमा पद्मा जोशी बताउँछिन्। उनी भन्छिन्, "मेरो छोरा निर्दोष छ। यदि बन्धक नै बनाइएको हो भने पनि विपिनको छिटो रिहाइ गरिदिनुहोस्।" हराइरहेका छोराको पर्खाइमा रहेकी विपिनकी आमा छोराबारे के भन्छिन् र उनको खोजी गर्न केके गरिरहेकी छिन्? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। #BBCNepali #BipinJoshi #Hamas