HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bipin Joshi: बन्दी आदानप्रदान गर्दा विपिन जोशी 'जुनसुकै बेला छुट्न सक्छन्' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

इजरेल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीवार बन्दी साटासाटका क्रममा हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशी पनि छुट्न सक्ने सम्भावनाबारे विभिन्न अनुमान भइरहेको छ। तर इजरेलस्थित नेपाली राजदूतले जोशीको पछिल्लो अवस्था तथा उनी कहिले छुट्लान् भन्नेबारे "नयाँ जानकारी प्राप्त हुन नसकेको" बीबीसीलाई बताएका छन्। इजरेली अधिकारीहरूले "विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू" भनेको राजदूत धनप्रसाद पण्डितको भनाइ छ। सुन्नुहोस् पण्डितसँग बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #BipinJoshi #Hamas