HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

भोटोजात्रा: रत्नजडित भोटो आफ्नो भएको दाबी गर्न प्रमाण खोज्ने जात्रा- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

रातो मच्छिन्द्रनाथको रथलाई झन्डै एक महिनासम्म तानेर जावलाखेल पुर्‍याएपछि भोटोजात्रा मनाइएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन यसरी भोटो देखाउने चलन छ। किंवदन्तीअनुसार कर्कोटक नागराजले आफ्नी रानीको आँखा निको पार्ने एक व्यक्तिलाई उपहारस्वरूप बहुमूल्य रत्नजडित भोटो दिएका हुन्। आफ्नी रानी निको भएपछि नागराजले ती किसानलाई उपहार माग्न भनेपछि राजाले नै लगाएको भोटो मागेको भनाइ छ। किसानले खेतमा काम गर्दा भोटो खोलेर आलीमा राखेको तर एउटा भूतले त्यो भोटो चोरेपछि विवाद बढ्यो। विवाद समाधान नभएपछि भोटो दाबी गर्न प्रमाण ल्याउन भनियो तर कसैले प्रमाण जुटाउन सकेनन्। त्यसपछि भोटो कसको भन्ने प्रमाणित गर्ने उद्देश्यसहित उक्त भोटोलाई मच्छिन्द्रनाथको रथबाट चारै दिशामा देखाउने परम्परा बसेको विश्वास छ। भिडिओ: कमल परियार #BBCNepali #Festival #BhotoJatra