HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बहुमूल्य गैँडाका खाग र बाघको छालाको बिजोग

BBC News Nepali · 5 years ago

प्राकृतिक मृत्यु, चोरीसिकार वा अवैध व्यापारका क्रममा जफत आखेटोपहारको भण्डारणका लागि आवश्यक उपकरण तथा औषधि प्रयोग नभएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। प्रत्येक पाँचपाँच वर्षमा त्यसरी बरामद भएका वन्यजन्तुका अङ्ग नष्ट गर्ने कार्यविधि बनाइएको भए पनि समयअगावै तिनको चाप बढेकोले भण्डारमा दुर्गन्ध फैलिएको बताइन्छ। निकुञ्जका वार्डेन अणनाथ बरालका अनुसार तीनवटा कोठामा राखिएका कैयौँ आखेटोपहार सग्लो अवस्थामा नरहेको बताएका छन्।