HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

भक्तपुरका गाइड: 'आज त बच्चाहरूलाई केही लगिदिन्छु भनेर काममा आउँछु, तर खाली हात फर्किनु परेको छ'

BBC News Nepali · 4 years ago

कोभिड महामारीका कारण भक्तपुर आउने पर्यटक घटेपछि त्यहाँ पथप्रदर्शकका रूपमा कार्यरत ८२ जनाले सङ्घर्षपूर्ण दैनिकी बाँच्नुपरेको छ। विगत २२ वर्षदेखि पथप्रदर्शकको काम गरेका कशिम शाह भन्छन्, "हरेक दिन आज त बच्चाहरूलाई केही लगिदिन्छु भनेर काममा आउँछु तर खाली हात फर्किनुपर्दा नराम्रो लाग्छ।" भक्तपुर दरबार स्क्वायर क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा २,५८,५८८ पर्यटक आएका थिए जुन आर्थिक वर्ष २०७७/७८ मा घटेर ३,११२ जनामा सीमित हुन पुगेको भक्तपुर नगरपालिकाको तथ्याङ्कले देखाउँछ। भक्तपुर पर्यटन विकास समितिले कोभिडयता १२ जना पथप्रदर्शकले अन्य पेसा अपनाएको बताएको छ। महामारीका कारण पथप्रदर्शकले भोग्नुपरेको सङ्घर्ष र बचाइरहेको आशाबारे भिडिओ। भिडिओ स्टोरी:' कमल परियार र सृजना श्रेष्ठ #Bhaktapur #TourismDuringPandemic #TouristGuide