Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भूकम्पपीडितले हैन, अरूले नै किने सुविधाका ट्याक्सी
BBC News Nepali · 8 years ago
तीन वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा घरवास गुमाएकालाई सामाजिक पुनर्स्थापना गर्ने उद्देश्यले भन्दै सरकारले १,५०० भूकम्पपीडितलाई गोलाप्रथाबाट नि:शुल्क ट्याक्सीको नम्बर प्लेट वितरण गर्यो। तर अधिकांश लाभग्राहीले ट्याक्सी किन्नुको साटो नम्बर प्लेट नै बेचेको पाइएको छ। भूकम्पपीडितको आर्थिक स्थिति विचार नगरी एवम् विनाशर्त ल्याइएको योजनाबाट लक्षित समूहलाई नभई अरूलाई नै लाभ पुगेको भनी आलोचना भइरहेको छ। (भिडिओ: सृजना श्रेष्ठ)