HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बच्चा बेलामा लडेर चिउँडोमा चोट लागेमा त्यसको असर मुखभित्रको हड्डीमा पर्न सक्छ- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

बच्चा बेलामा लडेर चिउँडोमा चोट लागेमा त्यसको असर मुखभित्रको हड्डीमा पर्न सक्छ। सामान्य रूपमा लिएर यसको उपचार समयमा नै भएन भने पछि गएर मुख नखुल्ने वा बाङ्गिने समस्या आउन सक्छ। यदि यस्तो भए यसको उपचारको रूपमा शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। यस्तै शल्यक्रियाका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरी हालै काठमाण्डूको वीर अस्पतालमा एउटा शल्यक्रिया भएको छ। प्रविधि र शल्यक्रियाको जटिलताको हिसाबले यो शल्यक्रिया नेपालमा पहिलो पटक भएको वीर अस्पतालले जनाएको छ। उक्त शल्यक्रियाका लागि बिरामीसँग मिल्ने आकारमा जोर्नी डिजाइन गरी थ्री-डी प्रिन्ट गरिएको कृत्रिम जोर्नी प्रत्यारोपण गरिएको अर्थोडन्टिस्ट डा. मनिष बज्राचार्यले बताएका छन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #Health #Medical