HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Chimpanzees in Nepal: ७ वर्षअघि नेपाल आइपुगेका चिम्पु र चम्पा कस्ता भए

BBC News Nepali · 8 months ago

सन् २०१८ मा 'तस्कर'ले नाइजिरियाबाट टर्की हुँदै नेपाल ल्याएका दुई चिम्पान्जी चिम्पु र चम्पा हुर्किँदै जाँदा उनीहरूका गतिविधि 'डरलाग्दा' भएको सदर चिडियाखानाका रेखदेखकर्मीले बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अत्यन्त दयनीय अवस्थामा उद्धार गरेका चिम्पु र चम्पा नामका ती दुई चिम्पान्जीलाई नाइजिरिया फिर्ता पठाउने पहल सफल हुन नसकेको अधिकारीहरूले बताएका छन्। चिडियाखानाको सुविधासम्पन्न खोरमा प्रदर्शनीमा राखिएपछि उनीहरू अहिले चिडियाखानाका प्रमुख आकर्षण बनेका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Chimpanzee #Wildlife #Shorts