Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Balen vs Oli government: सरकारमाथि खनिए बालेन, सामान्य प्रशासनमन्त्री के भन्छन्- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन'ले सरसफाइको काम गर्ने कर्मचारीहरूले तीन महिनादेखि "सरकारको दम्भले" तलब नपाएको भन्दै सामाजिक सञ्जालमा निकै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि सङ्घीय सरकारसँग उनको विवाद फेरि एक पटक चर्चामा आएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरमा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई "अनियमितता"को आरोप लगाउँदै छानबिन समिति बनाएर उनलाई बिदामा राखेका शाहले पटकपटक सामाजिक सञ्जालमार्फत् वर्तमान सरकारको आलोचना गरेका छन्। तर सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्रीले चाहिँ शाहले "प्रमुख प्रशासकीय अधिकृतले अनियमितता गरेको पुष्टि हुने छानबिन प्रतिवेदन नपठाएको र उनलाई कार्यालय जान रोकेकाले" अहिलेको परिस्थिति उत्पन्न भएको दाबी गरेका छन्। बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले मन्त्री राजकुमार गुप्तासँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #BalenShah #NepalPolitics