HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Baby incubator: सस्तो 'इन्क्युबेटर'ले महिना नपुगी जन्मिएका शिशुको ज्यान जोगाउँदै - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

महिना नपुगी जन्मने शिशुहरूको जीवन जोगाउन 'इन्क्युबेटर'जस्ता उपकरणहरू प्रयोग गरिन्छ। तर सामान्यतया त्यस्ता महँगा उपकरणहरू विकासशील देशका सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन्छन्। स्पेनका पाब्लो बेर्गासाले स्थापना गरेको 'इन्क्युनेस्ट' नामक संस्थाले व्यापारिक इन्क्युबेटरभन्दा कैयौँ गुना सस्तो इन्क्युबेटर बनाएका छन्। यो उपकरणमा मूल्य घटाउनका लागि अन्य विशेषताहरू नराखी शिशुहरूलाई न्यानो बनाउने प्रणालीमा मात्र जोड दिइएको छ। यस्ता उपकरण विभिन्न गैरसरकारी संस्थाहरूमार्फत् अफ्रिकी मुलुकहरूमा पठाइन्छ। त्यसले हजारौँ शिशुको ज्यान जोगाएको अफ्रिकी देशका गैरसरकारी संस्था र बालरोग विशेषज्ञहरूको दाबी छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Incubator #PrematureBaby #Shorts