Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Asteroid 2024 YR4: पृथ्वीमा बज्रिने खतरा रहेको एउटा क्षुद्रग्रहको निगरानी - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सन् २०३२ मा एउटा क्षुद्रग्रह पृथ्वीमा बज्रिने खतरा रहेको देखिएपछि वैज्ञानिकहरूले त्यसको निगरानी गर्न थालेका छन्। '२०२४ वाईआर४' (2024 YR4) नामकरण गरिएको उक्त खगोलपिण्ड ४०-९० मिटर चौडा रहेको ठानिएको छ। यदि यो क्षुद्रग्रह पृथ्वीमा बज्रियो भने अणुबम विस्फोट हुँदाको जस्तो अवस्था उत्पन्न हुने अनुमान गरिएको छ। तर उक्त क्षुद्रग्रह पृथ्वीमा आइपुग्ने सम्भावना भने निकै न्यून छ। थप अवलोकन गरेपछि त्यस्तो अवस्था अझ कम हुन सक्ने वैज्ञानिकहरू ठान्छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #Asteroid #Astronomy