Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘अस्ट्रेलिया जाने नेपाली विद्यार्थी सङ्ख्या केही वर्ष वृद्धि नै हुने देखिन्छ’- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
केही वर्ष यता अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ। चीन र भारतपछि अस्ट्रेलियामा धेरै विद्यार्थी पठाउने देशको सूचीमा नेपाल तेस्रो स्थानमा पुगेको छ। अस्ट्रेलियाको शिक्षा विभागले प्रकाशित गरेको विवरणअनुसार सन् २०२३ को सुरुको दुई महिनाको तथ्याङ्क हेर्दा सवा लाख विद्यार्थीसहित चीन अनि झन्डै ९०,००० विद्यार्थीसहित भारत क्रमश: पहिलो र दोस्रो स्थानमा छन्। नेपाली विद्यार्थीको सङ्ख्या ४८,००० भन्दा धेरै छ। अस्ट्रेलियामा गएर विभिन्न पेसा र व्यवसाय गरेर त्यहीँ बसेका नेपालीहरूको सङ्ख्या पनि वृद्धि भइरहेको छ। तर अस्ट्रेलियाको सरकारले त्यहाँको आप्रवासनलाई थप व्यवस्थित बनाउन केही परिवर्तन गर्दै छ। त्यसबारे केही नीतिगत परिवर्तन जुलाई, २०२३ देखि नै लागु हुँदैछन्। त्यस्ता परिवर्तनको असर के होला अनि नेपाली विद्यार्थी तथा नेपाली आप्रवासी समुदायको निरन्तर वृद्धिलाई त्यहाँको सरकारले कसरी हेरिरहेको छ? यिनै विषयबारे जान्न बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले नेपालका निम्ति अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Australia #Migration