Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Arika Gurung: एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङका अबका योजना के छन्? - BBC News Nepali
BBC News Nepali · 2 years ago
एशियाली खेलकुदमा नेपाललाई पहिलो पटक करातेतर्फ रजत पदक दिलाएकी एरिका गुरुङले नेपाल र नेपालीबाट अपार माया तथा शुभकामना प्राप्त गरेको भन्दै हर्ष व्यक्त गरेकी छन्। एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण अन्तर्गत शनिवार भएको खेलमा ६८ केजी तौल समूहमा गुरुङले सेमिफाइनलमा हङ्कङकी खेलाडीलाई हराउँदै फाइनल प्रवेश गरेकी थिइन्। फाइनलमा भने उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग पराजित हुन पुगिन्। ‘हरेक खेल अन्तिम फाइट जस्तो’ खेलेको बताउने उनले बीबीसीसँग आफ्नो एशियाली खेलको अनुभव र भावी योजनाबारे कुराकानी गरेकी छन्। भिडिओ: निरञ्जन राजवंशी सम्पादन: कमल परियार #BBCNepali #AsianGames2023 #ArikaGurung