Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अन्तर्राष्ट्रिय नारी दिवस: महिलामाथि हुने दुर्व्यवहार बुझाउने केही शब्द- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
महिलाविरुद्धको हिंसा विश्वव्यापी मुद्दा हो। अनि हामीले यसबारे कसरी सोच्छौँ भन्ने कुरामा शब्दको भूमिका महत्त्वपूर्ण हुन्छ। यौन दुर्व्यवहारका अनुभवहरू विश्वका फरकफरक स्थानका महिलाहरूले शेअर गर्न सक्छन्। तर सबै भाषामा त्यस किसिमको दुर्व्यवहार वर्णन गर्ने शब्द नहुन सक्छ। त्यसैले हामीले बीबीसी विश्व सेवाका केही महिला पत्रकारलाई उनीहरूको भाषामा त्यस्ता केही निश्चित शब्दहरू शेअर गर्न आग्रह गर्यौँ जुन अरू भाषामा नहुन सक्छन्। अप्स्कर्टिङ, मोल्का र ताहार्रुश गमाई त्यस्ता केही शब्द हुन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #InternationalWomensDay #Violence