Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अन्तरिक्षमा यसरी मिल्काइयो फोहोर- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
रुसी अन्तरिक्षयात्री सेर्गेई प्रोकोप्येभ र दिमित्री पेटेलिन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाहिर गत साता सात घण्टा हिँडेका छन्। त्यस क्रममा उनीहरूले आईएसएसमा जडित पाँच किलोग्राम तौलको प्रयोगहीन सामग्रीलाई छुट्ट्याएर अन्तरिक्षमा मिल्काइदिएका छन्। उक्त फोहोर वायुमण्डलमा पुगेर जल्ने तर त्यसो हुँदा कुनै पृथ्वीमा कुनै हानि नपुग्ने बताइएको छ। नासाका अनुसार प्रोकोप्येभ र पेटेलिनले युरोपेली रोबटिक आर्म अपरेटर तथा अन्तरिक्षयात्री आन्द्रेई फेद्याएभको सहयोगमा आईएसएसमा एउटा प्रयोगात्मक एअरलक उपकरण स्थानान्तरण गरेका थिए। यी दुई अन्तरिक्षयात्रीले फेरि मे १२, शुक्रवार एउटा रेडिअटर सार्न तथा अन्य प्राविधिक काम गर्न फेरि अन्तरिक्षमा हिँड्ने योजना भएको नासाले जनाएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Space #astronaut