HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अन्नपूर्ण क्षेत्रमा भारी बोक्दै आएका इमानसिंह गुरुङले २५ वर्षमा कस्तो परिवर्तन देखे

BBC News Nepali · 4 years ago

उमेरले ४८ पुगेका गोर्खा लाप्राकका इमानसिंह गुरुङले पर्यटकको रोजाइमा रहेको अन्नपूर्ण क्षेत्रमा भारी बोक्न थालेको २५ वर्ष नाघेको छ। यस अवधिमा त्यस क्षेत्रमा उनले थुप्रै उतारचढाव देखेका छन् र तीमध्ये सबैभन्दा ठूलो परिवर्तन पर्यावरणमा आएको उनलाई लाग्छ। उनका अनुसार विगतका तुलनामा अहिले कम हिउँ पर्छ, हिमनदीहरू सुक्दै गएका छन् र धेरै ठाउँमा पहिरो गइरहन्छ। सुरुका दिनमा दैनिक १०० रुपैयाँजति कमाउने उनले अहिले १,००० रुपैयाँसम्म कमाउँछन्। तर हेलिकप्टरले सामान ओसार्न थालेपछि आफूले कम पाएको उनको दुखेसो छ। भिडिओ स्टोरी: कमल परियार #AnnapurnaTrek #Porter #TrekkingInNepal