HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Agni Sapkota case: पूर्वसभामुख अग्नि सापकोटाविरूद्धको निवेदनमा उत्प्रेषणको आदेश - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरूद्ध अपहरण र ज्यान मुद्दासम्बन्धी आरोपमा अनुसन्धान अघि बढाउन माग गरिएको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले यो फैसला गरेको हो। काभ्रे जिल्लाका अर्जुन लामाको हत्याको आरोप लागेका सापकोटाविरुद्ध लामा पत्नी पूर्णीमायाले २०६९ साल मंसिरमा दर्ता गरेको रिट निवेदन दर्ता भएको १३ वर्षमा अदालतले फैसला गरेको हो। फैसलाबारे सापकोटासँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #AgniSapkota #NepalPolitics