Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
आङ सान सू चीकी नेपाली गुरुमा भन्छिन्: 'म्यान्मारमा बन्धनबाट मुक्त होस्'
BBC News Nepali · 5 years ago
सन् २०१८मा नेपाल आउँदा आङ सान सु चीले "म प्लेन नै लिएर आएको तपाईँलाई (बर्मा) लिएर जान्छु" भनेकी धम्मावती गुरुमा सम्झिन्छिन्। म्यान्मारमा हालै सम्पन्न चुनावलाई लिएर उत्पन्न विवादका बीच नेत्री सू चीलाई सेनाले पक्राउ गरेपछि उनलाई बौद्ध धर्म सिकाउने नेपाली गुरुआमा बिस्मातमा छिन्। सू ची सन् १९७३-७४ मा काठमाण्डूमा बसेका बेला धम्मावती गुरुमा नामबाट परिचित एकजना प्रतिष्ठित बौद्ध भिक्षुणीले उनलाई यहाँस्थित धर्मकीर्ति विहारमा बौद्ध धर्म सिकाएकी थिइन्। सू चीले उनलाई पटकपटक भेट्न आएको उनले बताइन्। बौद्ध गुरुमा धम्मावतीसँग भेटेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।