Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
यस्तो दमदार र स्टाइलिस छ Yamaha Fz-S Fi V 3.0 | Fzs v3.0 | OK Vehicle Review
Onlinekhabar · 7 years ago
Program : Ok Vehicle Review Review / Story : Rabindra Ghimire Vehicle : Yamaha fz v3.0 Presenter /Producer : onlinekhabar.com Camera : Sankhar Giri | Kamal Parsain Editor/ Colorist : Dilip Tamang "Garab' एफआई भी थ्रीमा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) दुवै सुविधा छ । १५० सीसी सेग्मेन्टकै यस्तो सुविधा पहिलोपटक दिइएको हो । यो बाइक रोमाञ्चक राइडकै लागि बनेको हो । युवा पुस्ताको रोजाइअनुसार निर्माण भएको यो बाइकले नेपाली सडकमा आफ्नो गजबको अब्बलता प्रदर्शन गर्दैछ । एबीएस र ‘फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिन’ नै यो बाइकको मुख्य विशेषता हो । यसैकारण यो आर्थिक र वातावरणीय रुपमा पनि १५० सीसीको सेगमेन्टमा सर्वोत्कृष्ट मोटरसाइकल बनेको छ । नयाँ एफजीएस–एफआई भी ३ मा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन छ । जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेक छ । राइडरको सुरक्षालाई मध्यनजरमा गरेरै यामाहाले सिंगल च्यानल ‘एबीएस’ जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाइदिएको छ । यो बाइक सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय पर्फरमेन्स दिन सक्षम छ । यसमा चढ्नेको ‘राइडिङ एक्सपिरियन्स’ अरुको भन्दा फरक हुने कुरामा दुई मत छैन । यसको ग्राउन्ड क्लेयरेन्स १६५ मिलिमटिर छ, जसका कारण अफरोडमा जान पनि यो बाइकले समस्या गर्दैन । नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर छ । यो बाइक किन्दा मन पर्ने रंग छान्न विकल्पहरु छन् । ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ । यामाहा एफजीएस–एफआई भी ३ को प्रारम्भिक मूल्य तीन लाख नौ हजार नौ सय रुपैयाँ छ । Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar