Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘विद्या भण्डारीमाथि राजनीतिक अपराध गरियो, सच्चाउनुपर्छ’ | Binod Dhakal | onlinekhabar
Onlinekhabar · 10 months ago
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने केन्द्रीय कमिटीको निर्णय पछि नेकपा एमालेभित्र अर्को प्रकारको तरंग देखिएको छ । संस्थापन पक्षमा प्रशन्नता र भण्डारी समर्थकहरु आक्रोशमा देखिन्छन् । पूर्वराष्ट्रपति भण्डारीको पक्षमा वकालत गरिरहेका नेताहरुले केन्द्रीय कमिटी बैठकको निर्णयलाई चुनौती दिन थालेका छन् । तिनै मध्ये एक नेता हुन्, विनोद ढकाल । उनी पार्टीको निर्णयलाई विद्या भण्डारीमाथिको राजनीतिक अपराध मान्छन् । ‘पार्टीले जे गरेको छ, विद्या भण्डारीमाथि एउटा राजनीतिक अपराध गरेको छ भन्ने लाग्छ’ अनलाइनखबरसँगको अन्तर्वार्तामा ढकाल भन्छन्, ‘पार्टी सदस्य भइसकेको मान्छेलाई निष्क्रिय गराउने भनेको एक हिसाबले कारबाही नै हो । राष्ट्रपति भइसकेको, दुई कार्यकाल उपाध्यक्ष भइसकेको, मदन भण्डारीको लिगेसी परिवारको मान्छेप्रति गरिएको यो निर्णयले एमाले कार्यकर्ताहरूलाई ठूलो पीडा दिएको छ ।’ प्रस्तुत छ, एमाले नेता विनोद ढकालसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानी : https://www.onlinekhabar.com/2025/07/1729672 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media ------------------------------------------------------------------- Camera : Bikash Shrestha Graphics : Arun Devkota Video Editor : Nabraj Singh Mahara Guest : Binod Dhakal Presenter : Saindra Rai ------------------------------------------------------------------------- Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #binoddhakal #bidhyadevibhandari #politics #kpsharmaoli #onlinekhabar