HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Typical Bhailo songs of Arghakhanchi Khanadaha_by Umesh Chauhan

Onlinekhabar · 11 years ago

पश्चिम नेपालका कलाकारको मौलिक देउसी-भैलो ६ कात्तिक, काठमाण्डौ । लोकगीतसँगै आजकल देउसी भैलो गीतहरु पनि आधुनिक बन्दै गएका छन् । जसले गर्दा मौलिक शब्द, नृत्यका देउसी भैलो दुर्लभ बनेका छन् । यो तिहारमा पत्रकार उमेश चौहानले पश्चिम नेपालको मौलिक देउसी भैलो पस्किएका छन् । तिहारको अवसरमा पश्चिम नेपालको देउसी भैलो भिन्नै शैलीको छ । खासगरी अर्घाखाँचीमा भैलो खेल्दा पुरुषहरुले महिलाको पहिरन लगाएर मारुनीको भुमिकामा नाच्छन् भने बीचमा सेतो कपडा लगाएर नाच्नेलाई पुर्सुङगे भनिन्छ । सामूहिक नाचको नेतृत्व पुर्सङगेले गर्छन् । भट्याउने, भैलो भन्ने र बाँसुरी बजाउनेले पृष्ठभूमीबाट सहयोग गर्छन् । भैलोमा गर्रा, ख्याली र सोरटी पनि नाचिन्छ, यसरी भैलेहरुले प्रत्येक घरमा चार/पाँच वटा प्रस्तुति दिएपछि मात्र विदा माग्छन् । तिहारको अवसरमा अर्घाँखाँचीको खनदहमा खेलिएको भैलो पत्रकार उमेश चौहानले संकलन गरेर ल्याएका छन् । आँगनमा पुगेपछि भैलेहरुले प्रस्तुत गर्ने पहिलो नाचमात्र यो भिडियोमा छ । अरु नाच आगामी तिहारमा क्रमशः प्रस्तुत गर्दै जाने चौहानले बताएका छन् । ........................................................ छायाङ्कनः विनोद विष्ट/शालिकराम दुलाल कला संयोजनः विष्णु खनाल निर्माणः सुरज गौतम निर्देशनः उमेश चौहान .............................................................................................. Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: https://www.onlinekhabar.com Connect with onlinekhabr via Social media Facebook https://www.facebook.com/onlinekhabar... Twitter https://twitter.com/Online_khabar Category People & Blogs License Standard YouTube License