HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नारायणी नदीमा स्टिमर सरर | Steamer at narayani river chitwan | boat in narayani | Onlinekhabar.com

Onlinekhabar · 6 years ago

नारायणी नदीमा स्टिमर सरर | Steamer at narayani river chitwan | boat in narayani | Onlinekhabar.com Camera: Shankar Giri Editor/ Colorist : Shankar Giri news - https://www.onlinekhabar.com/2019/10/807255 चितवन भन्नासाथ सौराह नै सम्झिने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि पछिल्लो समय पर्यटकहरुको लागि नयाँ घुम्ने ठाउँका रुपमा विकास हुँदैछ । यहाँबाट सूर्योदय र सूर्यास्त कम्ती मनोरम देखिँदैन । नदीको छेउामा विहान र साँझ शान्त यो स्थलमा समय विचरण गर्न र मात्रै हैन, नदीमा चलेका मोटरबोटमा चढेर कञ्चन नदीमा समय बिताउन चाहानेहरु पनि बाक्लो मात्रामा देखिन थालेका छन् । साँझको समयमा रंगीन किरणले नारायणी नदीलाई यति सुन्दर बनाइदिन्छ कि मानौं त्यहाँ कलाकारले सुनौलो रंग छरिदिएका छन् । यो समय प्रकृतिलाई सूर्यको किरणले लाली लगाएर सजाएजस्तै गरिदिन्छ । नारायणी नदीमा हाल स्टिमर चलाउने गरिएको छ । यहाँ आजभोलि बिहान र बेलुकीको लोभलाग्दो सूर्योदय र सूर्यास्त हेर्नेहरुको भीड पनि देखिन्छ । नदी किनारमा मात्रै होइन, नारायणी पुलमै बसेर पनि नदीमा छल्किएको सुनौलो किरणको मज्जा लुट्नेहरु प्रशस्तै देखिन्छन् । यहाँ साँझ नदी किनारमा पर्यटक लोभ्याउन र नरायणी नदीको पवित्रता झल्काउन आरती पनि गरिन्छ । पशुपतिको सन्ध्या आरती र बनारसको गांगा आरतीको झल्को मेटाउन यहाँ पुग्नेहरु बढेका छन् । नारयाणी नदी किनारमा बनाइएको खुला पार्कमा पुगेर आफ्नो थकान मेटाउनेहरुको संख्या पनि ठूलो हुन्छ । Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar