Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
माधव नेपाललाई सानो पार्टी र दुईचार सांसदभन्दा ठूलो चीज चाहिएको छैन: रामकुमारी झाँक्री | Dipesh Shahi
Onlinekhabar · 2 years ago
नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउँदा माधव नेपाललाई सबैभन्दा ठूलो आडभरोसा दिने सहकर्मी थिइन्, रामकुमारी झाँक्री । विगतमा नेपाल समूहमा रहेका थुप्रै नेता दशबुँदे सहमति गरेर एमालेमै बस्दा पनि उनी विद्रोहका लागि तयार थिइन् । सोही बमोजिम नयाँ पार्टीमा नेपाल अध्यक्ष बन्दा झाँक्री सचिव बनिन् । तर केही समयपछि नै उनी पार्टीभित्र पाखा पारिएको अनुभूति सहित विस्तारै निष्क्रिय बन्न थालिन् । उनले पार्टीका बैठकहरूमा १५ महिनासम्म आवाजविहीन भएर बस्नुपरेको दुःखेसो यस अन्तर्वार्तामा गरेकी छन् । अनि नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, समाजवादी मोर्चा लगायत विषयमा थुप्रै विचार पनि व्यक्त गरेकी छन् । समग्रमा अध्यक्ष नेपालको आलोचनामा समेत उनी उभिएकी छिन् । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #ramkumarijhakri #politicalleader #nekapas #dipeshshahi