HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

जेनजी विद्रोह-२०८२ - सडकबाट सत्तापलट - भिडियो टाइमलाइन | GENz Protest Nepal Video Timeline

Onlinekhabar · 8 months ago

जेनजी विद्रोह-२०८२ - सडकबाट सत्तापलट - भिडियो टाइमलाइन - Onlinekhabar - GENz Protest Nepal Video Timeline शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरुको नेतृत्वमा नेपालमा विद्रोह भयो । नवजवान युवाहरुको यो विद्रोहले नेपालमा मौलाइरहेको नेतातन्त्रको सत्तापलट भएको छ । READ News Timeline 👉 https://bit.ly/4q3j4xu 👈 वर्षौंदेखि शासन चलाइरहेका दल र तीनका नेताहरुलाई एकैपटक सत्ताबाट बढार्ने दुई दिनको आन्दोलन नेपालका राजनीतिक आन्दोलनहरुको इतिहासमै नौलो हो । आन्दोलनमा जोडिएका मध्ये हालसम्म ७६ जना निहत्था नागरिकको ज्यान गइसकेको छ । सयौं नागरिक घाइते भएका छन् । राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका मात्र होइन, राष्ट्रपति कार्यालयका मुख्य भवनहरु पनि जले । प्रहरी चौकीहरुमा आगो लागे । प्रहरीका हतियार र बर्दी खोसिए । नेताहरुका घर छानी छानी तोडफोड र आगो लगाइए । नागरिकमाथि दमन गर्ने शासकको आदेशअनुसार सुरक्षाकर्मीहरुले गोलिका बर्षा गराए । सडकमा एम्बुलेन्स जले । आगो लागेका भवन जोगाउन दमकल गुड्न सकेनन् । केही घण्टा राज्यविहीनताको भयभित अवस्था सिर्जना भयो । इतिहासमा विरलै देखिने यस्तो घटना कसरी भएको थियो ? अनलाइनखबरका कमल प्रसाईंले आन्दोलनको मुल केन्द्र काठमाडौंका घटनाहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । आउनुहोस् क्यामेराका दृश्यसँगै अघि बढौं । #GenzProtestTimelineNepal #Genz #Genzrevolution #genznepal #nepalnow #GenzProtest #onlinekhabar For more news and videos, please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar