Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
गुठी विधेयकविरुद्ध उर्लियो जनसागर | विधेयक फिर्ता लिएर मात्रै नपुग्ने खारेज नै गर्नुपर्ने माग 2019
Onlinekhabar · 7 years ago
सधैंजसो विरोध प्रदर्शन भइरहने काठमाडौंको माइतीघरमा बुधबार निकै ठूलो संख्यामा प्रदर्शनकारीहरु भेला भए । प्रदर्शनकारीको भीड माइतीघर मण्डलामा नअटाएर वरपरका सडकहरु समेत सबै अवरुद्ध हुन पुगेको थियो । बुधबार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेसम्मका वासिन्दा प्रदर्शनमा उत्रिएका थिए । हालै सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकले आफूहरुको धर्म संस्कृति मास्न लागेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी कतिपय नेवारी पोशाक हाकुपटासीमा थिए, कसैले राष्ट्रिय झण्डा बोकेका थिए भने ठाउँ ठाउँमा साँस्कृतिक बाजागाजा र नृत्य प्रदर्शन गरिएको थियो । मंगलबार भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएको निर्णय सुनाएपछि बुधबारको प्रदर्शन प्रभावित हुने अपेक्षा थियो । तर अपेक्षा विपरीत २०६२÷६३ को जनआन्दोलन सम्झाउने गरी काठमाडौं उपत्यकाका स्थानीय वासिन्दा प्रदर्शनमा उत्रिए । ¥यालीमा सहभागीहरुले एकै स्वरमा सरकारलाई सुनाए, ‘गुठी विधेयक फिर्ता लिएर मात्रै पुग्दैन, खारेज नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ ¥यालीमा सहभागीहरुले त्यहि सम्झिए र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । Concept : Onlinekhabar Team Presenter /Producer : Camera: Bikash | Shankar Editor/ Colorist : Dilip Tamang'Garab' Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar