Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
चिन्नुहोस् को हुन दीपकराज गिरी || Biography Of Deepak Raj Giri
Onlinekhabar · 8 years ago
चिन्नुहोस् को हुन दीपकराज गिरी बायोग्राफी, दीपकराज गिरी हाँस्य कलाकार दिपकराज गिरीको जन्म वि.सं २०२७ साल वैशाख १ गते दहचोक, थानकोटामा भएको हो । पिता राम गिरी र आमा स्वर्गिय सरस्वती गिरीको कोखबाट उनको जन्म भएको हो । उनले स्नातक सम्मको अध्ययन गरेका छन् । उनले अभिनय गरेको पहिलो हाँस्य सिरियल ‘ट्वाक्क टुक्क’ हो भने उनी अभिनित पहिलो चलचित्र ‘रक्षक’ हो । उनले हालसम्म १५ वटा चलचित्रमा अभिनय गरेका छन् । उनले नायकको रुपमा काम गरेको पहिलो चलचित्र ‘सुन्दर मेरो नाम’ हो । दीपकले वि.सं २०४३ सालमा मेनुका गिरीसँग बिहे गरेका हुन् । उनका २ छोरा र १ छोरी छन् । दीपकले अर्की हाँस्य कलाकार दीपाश्री निरौलासँग मिलेर वि.सं २०५२ सालमा ‘रामबिलास र धनिया’ नाम कार्यक्रम संचालन गरेका थिए । जुन, अत्याधिक हिट भएको थियो । दीपकले निर्देशन गरेको पहिलो हाँस्य सिरियल ‘तितो सत्य’ वि.सं २०६० सालबाट प्रशारण भएको थियो । जुन, ५ सय भाग भन्दा बढी प्रशारण भएको थियो । दीपकले निर्माण गरेको पहिलो चलचित्र ‘६ एकान ६’ हो । जुन व्यापारिक रुपमा सफल भयो । यसपछि, दीपकले ‘वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २, सत्रु गते’मा निर्माण तथा अभिनय गरेका छन् । दीपक चलचित्र लेखनमा पनि उत्तिकै सफल छन् । Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabr via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar