Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बेवारिसे गाईवस्तुको 'भगवान' रामबहादुर | Onlinekhabar.com
Onlinekhabar · 6 years ago
Concept : Sagar Budhathoki Camera : Chandra Bahadur Ale Editor/ Colorist : Dilip Tamang'Garab' उनले काभ्रे र काठमाडौँमा गरि करिब २ सय गाईहरुलाई आश्रय दिएका छन्। उनले यो काम गर्न सुरु गरेको एक दशक नाघिसक्यो। यो काम गर्नुअघि उनी जागिरे थिए। सडकमा गाई बाच्छाहरु बेवारिसे देख्दा पीडा हुन्थ्यो। एकदिन एउटा बाटो पशुपति वकालीको पाखोमा फसेको देखे। अर्को दिन झिसमिसेमै एउटा गाईलाई ट्रकले हानेर क्षत विक्षत पारेको देखे। यी दुई घटनाले उनको मथिंगल हल्लियो। त्यसपछि त्यस्ता गाईहरुको सेवा गर्ने निर्णय लिए। उनको कुरा सुनेर उनको परिवार तथा साथीहरुले पागल भने। तर उनी आफ्नो निर्णयमा पछि हटेनन्। २०६१ सालमा नन्दी सेवा आश्रम नामक संस्था गठन गरे। काम सुरु गर्दा उनलाई सहयोग गर्ने कोही भएनन्। सहयोगको लागि धेरै ठाउँ धाए तर कतैबाट सकरात्मक जवाफ पाएनन्। उनले निराश भएर आत्महत्याको गर्ने सोच बनाए। तर, अन्तर्मनले भन्यो— 'तँ नै मरिस् भने के होला यीनीहरुको हालत ?' त्यसपछि फेरि काममा जुटे। परिवारले सहयोग गरे। अहिले पनि गाईहरुलाई खुवाउन गाह्हो छ। आर्थिक अभावको कारण सकेजति गाईहरु उद्धार गर्न सकेका छैनन्। गाईहरुको खानाको लागि दैनिक ४० हजार खर्च हुने बताउँछन्। जसो तसो त्यो खर्च जुटाइरहेका उनी पछि निरन्तरा दिन सक्ने /नसक्नेमा अन्यौल छन्। Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar