Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
अर्थतन्त्र थप बिग्रने ठाउँ छैन, अब सुधारतर्फ नै अघि बढ्ने हो : डा. प्रकाशशरण महत
Onlinekhabar · 2 years ago
अर्थतन्त्रमा पछिल्लो समय चरम निराशा देखिएको छ । आन्तरिक माग ठूलो मात्रामा घटेको छ । सरकारको राजस्व र पूँजीगत खर्च पनि निराशाजनक छ । गएको आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आवको तुलनामा राजस्व १० प्रतिशत कम उठ्यो, चालु आर्थिक वर्षको सुरुवातमा पनि राजस्व संकलनमा सुधार हुनसकेको छैन । तर, यो वर्षको पहिलो ५३ दिनमा पूँजीगत खर्चमा भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सुधारको प्रतिबद्धता सहित चालु आर्थिक वर्षको बजेट ल्याएका थिए । पछिल्लो समय उनले निजी क्षेत्रसँग छलफल गर्दै उनीहरूको माग सम्बोधन गराउन पनि पहल थालेका छन् । तर, विगतमा केन्द्रीय बैंकसँग सरकारको समन्वय भने कमजोर नै देखिएको छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #prakashsharanmahat #arthamantri #onlinekhabar #nepal